Logo

सोमवार, श्रावण २५ गते २०८३

images

लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

दैनिकी न्यूज

२८, श्रावण २०७८
लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त
images

बुटबल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र)लुम्विनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनामा जनाइएको छ । रोल्पाबाट प्रदेशसभामा निर्वाचित उनले आजै शपथ ग्रहण गर्देछन् ।

केसीलाई मुख्यमन्त्री नियुक्त गर्न आजै चार दलीय गठबन्धनले ४२ जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित प्रदेश प्रमुख अमिक शेरचन समक्ष बहुमतको सरकार गठनका लागि दाबी पेश गरेको थियो ।

मुख्यमन्त्रीमा एकल दावी परेपछि प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्री चयन गरेका हुन् । आजै शपथ ग्रहण गरी सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी छ ।

images
प्रकाशित मिति :श्रावण २८, २०७८ बिहिवार - १६:५८:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology