Logo

सोमवार, श्रावण २५ गते २०८३

images

लुम्बिनीमा सात सदस्यीय मन्त्रिपरिषद्

लुम्बिनीमा सात सदस्यीय मन्त्रिपरिषद्

दैनिकी न्यूज

२८, श्रावण २०७८
लुम्बिनीमा सात सदस्यीय मन्त्रिपरिषद्
images

काठमाडौं । लुम्बिनी प्रदेशको सरकारमा सात सदस्यीय मन्त्रीमण्डल गठन भएको छ। मुख्यमन्त्रीमा कुलप्रसाद केसी (सोनाम) ले नियुक्ति पाएसँगै मन्त्रीहरुको पनि टुंगो लागेको छ।

यसअनुसार जनता समाजवादी पार्टी (जसपा) बाट ३, माओवादी केन्द्र, नेपाली कांग्रेस र स्वतन्त्र सांसद १ जनासमेत गरी सात सदस्यीय मन्त्रीमण्डल गठन भएको हो।

जसमा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, कांग्रेसबाट डिल्लीबहादुर चौधरी, जसपाबाट सहसराम यादव, सुमन रायमाझी, पुर्मती ढेंगा मगर र स्वतन्त्र सांसद अजय शाही मन्त्री बनेका छन्।

मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भइसकेका छन् । प्रदेश सभाका चार दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेस भएको दाबीअनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

images
प्रकाशित मिति :श्रावण २८, २०७८ बिहिवार - १७:३१:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology