Logo

आइतवार, श्रावण २४ गते २०८३

images

दक्षिण कोरिया रोजगारी शुरु हुन अझै केही समय लाग्ने

दक्षिण कोरिया रोजगारी शुरु हुन अझै केही समय लाग्ने

दैनिकी न्यूज

२९, श्रावण २०७८
दक्षिण कोरिया रोजगारी शुरु हुन अझै केही समय लाग्ने
images

काठमाडौं । करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ । कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगार विभागले जनाएको छ ।

विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले नेपालमा कोरोना महामारी बढेको कारण देखाउँदै कोरिया सरकारले काठमाडौँबाट सिधा हवाई उडान हुनुपर्ने सर्त राखेको तर सिधा उडानका लागि भाडा दरको टुंगो नलागेको बताए ।

यसअघि काठमाडौँबाट ट्रान्जिट हुँदै कोरिया जानेले प्रतिव्यक्ति तीन सय ९२ अमेरिकी डलर हवाई भाडा तिर्ने गरेकोमा सिधा उडान गर्दा हवाई कम्पनीले त्यसभन्दा बढी भाडा मागेको बताइएको छ । सिधा उडानका लागि हवाई कम्पनीले बढी भाडा मागेको बेला राष्ट्रियसभाको सरकारी आश्वासन समितिले कोरिया जाने कामदारलाई थप आर्थिक भार नपर्ने गरी उड्ने व्यवस्था मिलाउन निर्देशन दिएको दवाडीले बताए ।

१० हजारभन्दा बढी कामदार भाषा परीक्षा उर्तीण गरेर लामो समय भइसक्दा पनि कोरिया जान पाएका छैनन् । पहिलो लहरको कोरोना महामारीका बेला नेपालले बन्द गरेको कोरिया रोजगारी अहिले कोरिया सरकारले बन्द गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी बताउँछन् । आजको नागरिक दैनिकबाट

images
प्रकाशित मिति :श्रावण २९, २०७८ शुक्रवार - ०७:४५:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology