Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

दैनिकी न्यूज

२९, श्रावण २०७८
आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ श्रावण २९ गते (शुक्रबार)

दिउँसोदेशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीदेशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश  थोरै स्थानहरुमा र गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ श्रावण ३० गते (शनिबार)

दिउँसोदेशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १,  बागमती प्रदेश , गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीदेशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश  थोरै स्थानहरुमा र गण्डकी प्रदेश,  कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ श्रावण ३१ गते (आईबार)

दिउँसोदेशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र  गण्डकी प्रदेशका  थोरै स्थानहरुमा र गण्डकी प्रदेश र कर्णाली प्रदेशका  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीदेशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र  प्रदेश ५ का  थोरै स्थानहरुमा र गण्डकी प्रदेश र कर्णाली प्रदेशका  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश  थोरै स्थानहरुमा  र गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले  पहाडी भू- भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

 

images
प्रकाशित मिति :श्रावण २९, २०७८ शुक्रवार - ०८:५७:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology