Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

खाोप केन्द्रसम्म जान नसक्नेलाई घरमै पुगेर खोप लगाउन सर्वोच्चको आदेश

खाोप केन्द्रसम्म जान नसक्नेलाई घरमै पुगेर खोप लगाउन सर्वोच्चको आदेश

दैनिकी न्यूज

२९, श्रावण २०७८
खाोप केन्द्रसम्म जान नसक्नेलाई घरमै पुगेर खोप लगाउन सर्वोच्चको आदेश
images

काठमाडौं । सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्नेलाई घरमै पुगेर कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ।

अधिवक्ता प्रवेश केसीले हालेको रिटमा सुनुवाई गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले शुक्रबार यस्तो आदेश दिएको हो ।

खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, विस्तारामा रहेका हिँड्डुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरु तथा फरक क्षमता भएका, दुबै आँखा नदेख्ने व्यक्तिहरु समेतका लागि राज्यले वडा स्तरबाट लगत संकलन गरी उपयुक्त अन्य माध्यामबाट पहिचान गरी घरघरमा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउन अदालतले आदेश दिएको छ।

संविधानमा नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भनी संरक्षण प्रदान गरेको र धारा ४१ ले जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने भनी मौलिक हकको प्रचलनको लागि संवैधानिक उपचारको हकसमेत सुरक्षित गरेको पनि सर्वोच्चको आदेशमा उल्लेख छ।

images
प्रकाशित मिति :श्रावण २९, २०७८ शुक्रवार - १६:२५:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology