काठमाडौं । मर्निङ्ग वाक हिड्दा मास्कको प्रयोगमा कमि आएसँगै आज बिहान गोल्फुटार क्षेत्रमा महानगरीय ट्राफिक प्रहरी प्रभाग सुकेधाराले मर्निङ्ग वाक गर्नेहरुलाई लक्षित गरेर कार्यक्रम गरेको छ ।
स्थानीय निकाय, संघ संस्थासँगको सहकार्यमा मास्क वितरण गरिएको ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै स्यानिटाईजर प्रयोग गराउदै जनचेतनाको कार्यक्रमसमेत संचालन गरिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको सचेतना कार्यक्रम अन्तर्गत आज कार्यक्रममा बिहानको समयमा मर्निङ्ग वाक हिड्दा सुरक्षित रहन पालना गर्नुपर्ने ट्राफिक नियमको बारेमा र कोभिड–१९ बाट कसरी बच्ने भन्ने सचेतना फैलाईएको महानगरीय ट्राफिक प्रहरी प्रभाग सुकेधाराका प्रहरी नायव निरीक्षक बिदुर भट्टराईले जानकारी दिए ।