Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

उपत्यकामा कोरोना सङ्क्रमितको संख्या उच्च वृद्धि

उपत्यकामा कोरोना सङ्क्रमितको संख्या उच्च वृद्धि

दैनिकी न्यूज

२, भाद्र २०७८
उपत्यकामा कोरोना सङ्क्रमितको संख्या उच्च वृद्धि
images

काठमाडौं । काठमाडौं उपत्यका कोरोना सङ्क्रमितको उच्च जोखिममा रहेको छ । पाँच÷छ सयको हाराहारीमा सङ्क्रमित हुने गरेकोमा मङ्गलबार उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेर एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा मङ्गलबार ६७३ जना सङ्क्रमित थपिएका छन् ।

यस्तै भक्तपुरमा १४१ सङ्क्रमित थपिँदा ललितपुमा २१९ जना सङ्क्रमित एकैदिन थपिएका हुन् । मङ्गलबार काठमाडौँ उपत्यकामा मात्र एक हजार ३३ जना कोरोना सङ्क्रमित थपिएका हुन् । ११ हजार ५६५ जनाको पीसीआर तथा छ हजार १२४ जनाको एन्टिजेन विधिबाट गरी कुल १७ हजार ६८९ जनाको कोरोनाको नमुना परीक्षण भएको छ । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :भाद्र २, २०७८ बुधवार - ०८:१८:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology