Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

उपत्यकामा कोरोना सङ्क्रमितको संख्या उच्च वृद्धि

उपत्यकामा कोरोना सङ्क्रमितको संख्या उच्च वृद्धि

दैनिकी न्यूज

२, भाद्र २०७८
उपत्यकामा कोरोना सङ्क्रमितको संख्या उच्च वृद्धि
images

काठमाडौं । काठमाडौं उपत्यका कोरोना सङ्क्रमितको उच्च जोखिममा रहेको छ । पाँच÷छ सयको हाराहारीमा सङ्क्रमित हुने गरेकोमा मङ्गलबार उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेर एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा मङ्गलबार ६७३ जना सङ्क्रमित थपिएका छन् ।

यस्तै भक्तपुरमा १४१ सङ्क्रमित थपिँदा ललितपुमा २१९ जना सङ्क्रमित एकैदिन थपिएका हुन् । मङ्गलबार काठमाडौँ उपत्यकामा मात्र एक हजार ३३ जना कोरोना सङ्क्रमित थपिएका हुन् । ११ हजार ५६५ जनाको पीसीआर तथा छ हजार १२४ जनाको एन्टिजेन विधिबाट गरी कुल १७ हजार ६८९ जनाको कोरोनाको नमुना परीक्षण भएको छ । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :भाद्र २, २०७८ बुधवार - ०८:१८:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology