काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९१ हजार २०० रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ ९० हजार ७०० रुपैयाँ रहेको छ ।

मंगलबार छापावाल सुनको भाउ प्रतितोला ९१ हजार र तेजावी सुनको भाउ ९० हजार ५० सय रहेको थियो ।
त्यस्तै, आज चाँदीको भाउ भने घटेको छ । हिजो (मंगलबार) चाँदीको भाउ १२ सय १० रुपैयाँमा कारोबार भएकोमा आज घटेर तोलामा १२ सय ५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।