Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ३४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि, ४२ को मृत्यु

आज देशभर ३४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि, ४२ को मृत्यु

दैनिकी न्यूज

२, भाद्र २०७८
आज देशभर ३४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि, ४२ को मृत्यु
images

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३४ सय ३ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले १६ हजार ८३८ जनाको परीक्षण भएकोमा ३४ सय ३ जनालाई संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनले सोही अवधिमा २१ सय ४ जना संक्रमणमुक्त हुनुका साथै ४२ जनाको मृत्यु भएको बताए । आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ९९३ जनालाई पोजेटिभ देखिएको छ । काठमाडौंमा ७११, भक्तपुरमा १२२ र ललितपुरमा १६० जनालाई संक्रमण पुष्टि भएको छ ।

अहिले ४० हजार ३३८ जना सक्रिय संक्रमित छन् जसमध्ये ७७० जना आइसियु र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् । उहाँले अझै पनि नेपालमा संक्रमणदर २० प्रतिशतभन्दा माथिनै रहेको बताउदै सामान्य लक्षण देखिनासाथ परीक्षण् गर्न अपिल गरे ।

अहिलेसम्म नेपालमा ८ लाख १७ हजार ५३० जनालाई संक्रमण पुष्टि भएको छ । जसमध्ये ९२ प्रतिशत अर्थात् ६ लाख ८९ हजार १७३ जना निको भएका छन् भने १० हजार ३९६ जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :भाद्र २, २०७८ बुधवार - १७:५९:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology