Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ३ हजार ७५ जनामा कारोना संक्रमण पुष्टि

आज देशभर ३ हजार ७५ जनामा कारोना संक्रमण पुष्टि

दैनिकी न्यूज

३, भाद्र २०७८
आज देशभर ३ हजार ७५ जनामा कारोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६ हजार ४३८ जनाको परीक्षण हुँदा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने २ हजार १२६ जना कोरोना संक्रमणमुक्त भएका छन्।

आज थपिएकामध्ये काठमाडौंमा ६३९, भक्तपुरमा १०१ र ललितपुरमा १२७ गरि काठमाण्डौ उपत्यकामा ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अहिले देशभर ४० हजार ५ सय जना सक्रिय संक्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख २० हजार ६ सय पाँच पुगेको कोस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार चार सय २९ पुगेको छ ।

images
प्रकाशित मिति :भाद्र ३, २०७८ बिहिवार - २२:४८:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology