Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

जापानले दिएको दुईलाख डोज खोप नेपाल आइपुग्यो

जापानले दिएको दुईलाख डोज खोप नेपाल आइपुग्यो

दैनिकी न्यूज

५, भाद्र २०७८
जापानले दिएको दुईलाख डोज खोप नेपाल आइपुग्यो
images

काठमाडौं । जापानले अनुदानमा पठाएको कोरोनाविरुद्धको दुई लाख डोज खोप शनिबार नेपाल आइपुगेको छ ।

जापान सरकारले १६ लाख १४ हजार ७४० डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने घोषणा गरेकामध्ये शनिबार २ लाख ८ हजार ७ सय डोज खोप नेपाल आइपुगेको हो । यसअघि ९ लाख डोज खोप प्राप्त भइसकेको छ । बाँकी खोप आइतबार वा सोमबारसम्म प्राप्त हुने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

नयाँ सरकार बनेपछि अहिलेसम्म ४८ लाख ११ हजार ७ सय ३३ जनाले खोप लगाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसअघि ३६ लाखले मात्रै कोरोनाविरुद्धको खोप पाएका थिए ।

images
प्रकाशित मिति :भाद्र ५, २०७८ शनिवार - २२:०३:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology