Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि

खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि

दैनिकी न्यूज

६, भाद्र २०७८
खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि
images

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछिको पाँच सातामा ४९ लाख ३५ हजार ५६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । देउवा प्रधानमन्त्री भएलगत्तै आफ्नो पहिलो प्राथमिकता नै जनतालाई निःशुल्क खोप दिलाउने घोषणा गर्नुभएको थियो । उहाँ प्रधानमन्त्री भएयता भदौ ५ गतेसम्ममा ४९ लाख ३५ हजार ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यसअघि झन्डै ३६ लाखले मात्रै कोरानाविरुद्धको खोप लगाएका थिए । अहिले खोप लगाउने सङ्ख्या ८७ लाख ७० हजार ७५४ पुगेको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ३८ लाख ३५ हजार ६०८ जनाले कोरोनाको दुवै मात्रा खोप लगाएका छन् । त्यस्तै, ३९ लाख ३५ हजार ५६ जनाले पहिलो मात्रा लगाएका छन् । कोरोनाको दुवै मात्रा खोप लगाउने ९भदौ ३ गतेसम्मको तथ्याङ्कअनुसार० जनसङ्ख्या १३ प्रतिशत पुगेको छ भने पहिलो मात्रा लगाउने १६ दशमलव आठ प्रतिशत छ । देउवा प्रधानमन्त्री हुनुभन्दा अघि दुवै मात्रा खोप लगाउनेको सङ्ख्या तीन दशमलव नौ प्रतिशतमात्रै थियो भने पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या नौ दशमलव एक प्रतिशतमात्रै थिए । पछिल्लो पाँच हप्तामा कोरोनाको खोप लगाउनेको सङ्ख्या झन्डै दोब्बर पुगेको छ ।

हाल कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्य सञ्चालन भइरहेको छ । विश्वविद्यालयका विद्यार्थीका साथै कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले पनि प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने घोषणा गरेको छ । आगामी चैत मसान्तसम्म सबै जनतालाई निःशुल्क खोप दिलाउने तयारी प्रधानमन्त्री देउवाले गर्नुभएको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :भाद्र ६, २०७८ आइतवार - ०७:३९:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology