काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन ९१ हजार १०० रुपैयाँ र तेजाबी सुन ९० हजार ६०० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन छापावाल सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ र तेजाबी सुन ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर ११ सय ९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँ घटेर चाँदी ११ सय ८० रुपैयाँमा किनबेच भएको थियो।