Logo

सोमवार, श्रावण २५ गते २०८३

images

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले आज विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले आज विश्वासको मत लिने

दैनिकी न्यूज

७, भाद्र २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले आज विश्वासको मत लिने
images

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज विश्वासको मत लिने भएका छन् ।

प्रदेशसभा सचिवालयले दिउँसो २ः३० बजे कार्यसूची प्रकाशित गर्दै मुख्यमन्त्री केसीले विश्वासको मत लिने उल्लेख गरेको छ ।

माओवादीका केसी काँग्रेस, समाजवादी र जनमोर्चाको समर्थनमा गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरे पनि एमालेले भने लगातार प्रदेश सभा बैठक अवरोध गर्दै आएको छ । आज पनि बसेको पहिलो बैठकमा एमाले सांसदहरुले नारावाजी गरेका थिए ।

एमालेले माओवादी केन्द्रमा लागेकी सांसद विमला वली र मन्त्री बनेका सांसद अजय शाहीलाई पदमुक्त गरेको निर्णय प्रदेश सभामा दिएको थियो । तर सभामुखले उनीहरुलाई पदमुक्त गर्न नसकिने बताए पनि एमालेले लगातार बैठक अवरोध गर्दै आएको छ ।

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - १५:५५:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology