काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन्। आज बसेको प्रदेश सभा बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए ।
मुख्यमन्त्री केसीका पक्षमा ४२ मत आएको छ। एक जना तटस्थ रहेका छन्। प्रदेश सभामा ८० जना सांसद छन्। आज मतदानमा ४३ जना सांसद उपस्थित रहेका थिए।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा अहिले ८० सदस्य कायम छन्। विश्वासका मतका लागि ४१ मत आवश्यक रहेको थियो। मुख्यमन्त्री केसीलाई नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का १८, जनता समाजवादी पार्टी (जसपा) का ३, राष्ट्रिय जनमोर्चाका १ र सूर्य चिन्हबाट निर्वाचित एक स्वतन्त्र समूहका १ सांसदले मत दिएका हुन्।