Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

८, भाद्र २०७८
मंगलबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो । योसँगै प्रतितोला छापावाल सुन ९१ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९१ हजार १०० रुपैयाँ कायम भएको छ ।

5-8.PNG

हिजो सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो । यो दिन छापावाल सुन प्रतितोला ९१ हजार १०० रुपैयाँ र तेजाबी सुन ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर १२ सय रुपैयाँ कायम भएको छ । हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी ११ सय ९० रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :भाद्र ८, २०७८ मंगलवार - ११:०३:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology