Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

भोलीदेखि तीन दिन भेरोसेल खोप लगाइने

भोलीदेखि तीन दिन भेरोसेल खोप लगाइने

दैनिकी न्यूज

१०, भाद्र २०७८
भोलीदेखि तीन दिन भेरोसेल खोप लगाइने
images

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा यही भदौ ११ देखि १३ गतेसम्म काठमाडौँ जिल्लामा लगाउने भएको छ । तीन दिन भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिन थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिउ ।

उनका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगएका ५० वर्ष वा सोभन्दामाथि उमेरका समूहका सबैलाई दोस्रो मात्रा दिइने छ । यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक यातायातका चालक र सहचालकले पनि खोप पाउने छन् ।

सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रामा खोप दिइनेछ । भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघिका छुटेका अन्यलाई पनि खोप दिइनेछ ।

काठमाडौँका सबै स्थानीय तहमा १४६ खोप केन्द्रका राखिएको छ । यस्तै काठमाडौँ महानगरपालिकामा बस्न सर्वसाधारणलाई मध्यनजर गर्दै थप आठ खोप केन्द्र थपिएका छन् । जसअनुसार राधास्वामी आइसोलेसन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पताल रहेका छन् ।

images
प्रकाशित मिति :भाद्र १०, २०७८ बिहिवार - ०८:२७:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology