काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो । बुधबार पनि सुनको भाउ तोलामा तीन सयले घटेको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९१ हजार १ सय रहेको छ भने तेजावी सुनको भाउ ९० हजार ६ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो चाँदीको भाउ १२ सय १० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि भाउ कायम गरिएको महासंघले जनाएको छ ।