काठमाडौं । साताको अन्तिम कारोबार दिन (शुक्रबार) सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन ९१ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९१ हजार १०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९१ हजार १०० रुपैयाँ र तेजाबी सुन ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने ओरालो लागेको छ। तोलामा १० रुपैयाँ घटेर चाँदी १ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २१० रुपैयाँमा किनबेच भएको थियो।