Logo

बुधवार, श्रावण २७ गते २०८३

images

संवैधानिक नियुक्तिविरुद्धको मुद्दा प्रधान न्यायाधीश राणाले नहेर्ने

संवैधानिक नियुक्तिविरुद्धको मुद्दा प्रधान न्यायाधीश राणाले नहेर्ने

दैनिकी न्यूज

११, भाद्र २०७८
संवैधानिक नियुक्तिविरुद्धको मुद्दा प्रधान न्यायाधीश राणाले नहेर्ने
images

काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसको आधारमा भएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा इजलासमा नबस्ने भएका छन्।

मुद्दाको सुनुवाइका लागि शुक्रबार बसेको संवैधानिक इजलासमा कानुन व्यवसायीले आफूविरुद्ध प्रश्न उठाएपछि राणाले उक्त मुद्दाको पेशी हुने दिने र आदेश आउने दिन विदा बस्ने सर्वोच्च अदालत स्रोतले जानकारी दियो। त्यस दिन पेशी दीपक कार्कीले तोक्नेछन्। शुक्रबारको इजलासमा राणाविरुद्ध प्रश्न उठेपछि विषबस्तुमै प्रवेश नगरी इजलास उठेको थियो।

प्रधानन्यायाधीश समेत विपक्षी रहेको यो रिटमा सुनुवाइका लागि संवैधानिक इजलास गठन भएको थियो।

 

images
प्रकाशित मिति :भाद्र ११, २०७८ शुक्रवार - १६:३१:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology