Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

कोरोना निको हुने दर ९३ प्रतिशत

कोरोना निको हुने दर ९३ प्रतिशत

दैनिकी न्यूज

१२, भाद्र २०७८
कोरोना निको हुने दर ९३ प्रतिशत
images

काठमाडौं । विगत २४ घण्टामा देशभर थप दुई हजार ६५ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सहित नेपालमा कुल सङ्क्रमितको सङ्ख्या आठ लाख ३८ हजार ९४८ पुगेको छ । तीमध्ये पीसीआर परीक्षणबाट सात लाख ५६ हजार ४९२ र एन्टिजेन परीक्षणबाट ८२ हजार ४५६ सङ्क्रमित थपिएका छन् ।

गत २४ घण्टामा थप दुई हजार ३३७ जना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा निको हुनेको सङ्ख्या सात लाख आठ हजार २३० पुगेको छ ।

यस्तै निको हुने दर ९३ दशमलव ६ रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार थप २५ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ६६३ पुगेको छ । यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार आठ हजार ७५२ जनाको पीसीआर तथा चार हजार ३६५ जनाको एन्टिजेन विधिबाट कुल १३ हजार ११७ जनाको नमुना परीक्षण भएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - ०७:४८:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology