Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोना निको हुने दर ९३ प्रतिशत

कोरोना निको हुने दर ९३ प्रतिशत

दैनिकी न्यूज

१२, भाद्र २०७८
कोरोना निको हुने दर ९३ प्रतिशत
images

काठमाडौं । विगत २४ घण्टामा देशभर थप दुई हजार ६५ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सहित नेपालमा कुल सङ्क्रमितको सङ्ख्या आठ लाख ३८ हजार ९४८ पुगेको छ । तीमध्ये पीसीआर परीक्षणबाट सात लाख ५६ हजार ४९२ र एन्टिजेन परीक्षणबाट ८२ हजार ४५६ सङ्क्रमित थपिएका छन् ।

गत २४ घण्टामा थप दुई हजार ३३७ जना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा निको हुनेको सङ्ख्या सात लाख आठ हजार २३० पुगेको छ ।

यस्तै निको हुने दर ९३ दशमलव ६ रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार थप २५ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ६६३ पुगेको छ । यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार आठ हजार ७५२ जनाको पीसीआर तथा चार हजार ३६५ जनाको एन्टिजेन विधिबाट कुल १३ हजार ११७ जनाको नमुना परीक्षण भएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - ०७:४८:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology