Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

हालसम्म ९० लाख ७७३ जनाले कोरोनाविरुद्धको खोप लगाए

हालसम्म ९० लाख ७७३ जनाले कोरोनाविरुद्धको खोप लगाए

दैनिकी न्यूज

१२, भाद्र २०७८
हालसम्म ९० लाख ७७३ जनाले कोरोनाविरुद्धको खोप लगाए
images

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको बताएका छन् । सरकारले तीव्र गतिमा कोरोना खोप लगाउने कार्यलाई प्राथमिकता दिएको भन्दै उनले हालसम्म ९० लाख ७७३ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेको बताए ।

प्रतिनिधि सभा शिक्षा स्वास्थ्य समितिको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले सरकारले खोप लगाउने कार्यलाई प्राथमिकतामा राखेको जानकारी दिए । विकट जिल्लामा खोप लगाउनका लागि प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले जापानले उपलब्ध गराएको पाँच लाखभन्दा बढी मात्रा खोप मौज्दात रहेकाले त्यसलाई विद्यार्थीका लागि छुट्याएर बाँकी खोप लगाउन थालिएको बताए ।

राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य क्षेत्रमा हाल २० हजार जनशक्ति कम भएको उल्लेख गर्दै यसलाई पूर्ति गर्दा कोरोनाविरुद्ध लड्न सहज हुने बताए । बैठकमा अधिकांश सांसदले विद्यालय सञ्चालन गर्नका लागि छिटै खोपको व्यवस्था गर्न आग्रह गरेका थिए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। आरपी बिच्छाले सङ्क्रमण बढिरहेकोले यसको नियन्त्रणका लागि लाग्नुपर्ने बताए ।

अहिले विद्यालय खोल्न हतार गर्न नहुने भन्दै उनले बालबालिकाका लागि खोप आई नसकेकोले विद्यालय खोल्न हतार गर्न नहुने उल्लेख गरे । विश्वमा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मात्र कोरोनाविरुद्धको खोप दिइएको उल्लेख गर्दै उनले उक्त समूहका लागि फाइजर र मोर्डनासँग छलफल भइरहेको जानकारी गराए । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - ०८:५४:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology