Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

४ दिनभित्र ८९ फरार आरोपी पक्राउ

४ दिनभित्र ८९ फरार आरोपी पक्राउ

दैनिकी न्यूज

१२, भाद्र २०७८
४ दिनभित्र ८९ फरार आरोपी पक्राउ
images

चितवन । जिल्ला प्रहरी कार्यालयले ४ दिनमा ८९ फरार आरोपी पक्राउ गरेको छ। पक्राउ पर्नेमा ८१ पुरुष र ८ महिला रहेका छन्।

कार्यालयका प्रवक्ता एवम्‌ प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार यही भदौ ८ देखि ११ गतेसम्म सञ्चालन गरिएको फरार व्यक्ति पक्राउ अप्रेसनका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा चोरी, लागुऔषध, बहुविवाह, वन पैदावर, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्धविच्छेद, सवारी अङ्गभङ्ग, सवारी ज्यानलगायतका मुद्दाका व्यक्ति रहेको उनले जानकारी दिए।

उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको उनले बताए। पक्राउ परेका उनीहरूबाट ३ वर्ष १ महिना ५ दिन कैद तथा १३ लाख ७० हजार १२३ रुपैयाँ जरिवाना असुल गरिएको छ। रासस

images
प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - ०९:०१:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology