Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

गर्भमा भएको बच्चामा सर्दैन संक्रमण

गर्भमा भएको बच्चामा सर्दैन संक्रमण

दैनिकी न्यूज

१३, भाद्र २०७८
गर्भमा भएको बच्चामा सर्दैन संक्रमण
images

काठमाडौं । गर्भवती महिलालाई कोरोना सङ्क्रमण भए पनि पेटको नानी (भ्रुण) मा सङ्क्रमण सर्ने जोखिम न्यून हुन्छ । यद्यपि, प्रसूतिपछि भने सङ्क्रमित आमाबाट बच्चामा भाइरस सर्ने जोखिम रहने हुनाले सावधानी अपनाउनुपर्ने हुन्छ ।

परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका स्त्रीरोग विशेषज्ञ डा। कृतिपाल सुवेदीका अनुसार, सामान्य अवस्थामा भन्दा पनि गर्भवती हुँदा कोरोना जोखिम बढी हुन्छ । तर, गर्भवती महिलामा सङ्क्रमण भइहाले पनि पेटको नानीमा सङ्क्रमण हुन्छ नै भन्ने हुँदैन ।
गर्भवती अवस्थामा रोग प्रतिरोधात्मक क्षमता कम हुने (रोगसँग लड्ने क्षमता) हुँदा सरसफाइलगायत स्वास्थ्य सुरक्षाका सन्दर्भमा बढी सतर्कता अपनाउनु पर्छ । गर्भवती अवस्थामा यसै पनि विभिन्न स्वास्थ्य समस्या आउने भएकाले स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने उनी बताउँछन् ।

गर्भवती अवस्थामा महिलामा ‘हार्मोन’ परिवर्तन हुने भएकाले यस्तो अवस्थामा कोरोना सङ्क्रमित हुनु भनेको आमा र शिशु दुवैलाई खतरा हुन्छ । यस्तो बेला सामान्य लक्षणमात्र देखिएमा घरमा एकान्तवास बस्नुपर्छ तर अक्सिजनको मात्रा कम भएमा, श्वासप्रश्वास छिटो–छिटो भएमा, एक सयभन्दा बढी तापक्रम भएमा वा लगातार खोकी आएमा चिकित्सकसँग परामर्श लिने वा अस्पतालको सम्पर्कमा जानुपर्ने सुझाव डा। सुवेदीको छ ।

उनका अनुसार, कोरोना सङ्क्रमित गर्भवतीको सहज प्रसूति गराउन सकिन्छ तर केही गरी निमोनिया छ वा अन्य समस्या आएमा शल्यक्रिया गरी प्रसूति गराउनुपर्ने हुन्छ । यसरी प्रसूति गराउन चाहिँ सामान्य स्वास्थ्यचौकीभन्दा सुविधासम्पन्न अस्पतालमा जानुपर्ने हुन्छ । किनभने सङ्क्रमित आमा वा शिशुलाई सघन कक्षदेखि भेन्टिलेटरको पनि आवश्यकता पर्न सक्छ ।

प्रसूति गृहमा दैनिक दुई(तीन जना कोरोना सङ्क्रमित गर्भवती पुग्ने गरेका छन् । प्रसूतिका लागि चिकित्सकले दिएको समय कटेको अवस्था वा टाउको दुख्नेलगायत कुनै पनि असजिलो वा स्वास्थ्य समस्या भएमा तुरुन्तै स्वास्थ्य संस्थामा जानुपर्ने सुझाव डा। सुवेदीको छ । यो गोरखा–पत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :भाद्र १३, २०७८ आइतवार - ०८:५३:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology