काठमाडौं । नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन ९० हजार ८०० रुपैयाँ र तेजाबी सुन ९० हजार ३०० रुपैयाँमा झरेको छ।
हिजो (बुधबार) पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९१ हजार रुपैयाँ र तेजाबी सुन ९० हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १२ सय ५ रुपैयाँ पुगेको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी ११ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।