Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार सुनको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

बुधबार सुनको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२३, भाद्र २०७८
बुधबार सुनको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपालको स्थानीय बजारमा आज सुन (बुधबार)चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको हो । यस्तै, आज चाँदीको भाउमा पनि प्रतितोला १० रुपैयाँको गिरावट आएको छ ।

जसअनुसार, आज छापावाल सुनको भाउ प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ९० हजार २०० रुपैयाँ तोकिएको छ । हिजो (मंगलबार) छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० र तेजाबी सुनको भाउ प्रतितोला ९० हजार ९०० रुपैयाँ थियो ।

यसका साथै, आज चाँदीको प्रतितोला भाउ १२ सय २० रुपैयाँ कायम भएको छ । हिजो तोलामा १२ सय ३० रुपैयाँ कायम भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेको हो ।

images
प्रकाशित मिति :भाद्र २३, २०७८ बुधवार - ११:१५:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology