Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

बुधबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

बुधबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

दैनिकी न्यूज

३०, भाद्र २०७८
बुधबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर
images

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ । छापावाल र तेजाबी दुवै गुणस्तरका सुनको भाउ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला भाउ ९१ हजार २०० रुपैयाँ पुगेको छ । हिजो (मंगलबार) छापावाल सुनको भाउ ९० हजार ६०० रुपैयाँ थियो ।

यस्तै, आज तेजाबी सुनको भाउ प्रतितोला ९० हजार ७०० रुपैयाँ पुगेको छ । हिजो ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तीन दिनदेखि स्थिर छ । प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

images
प्रकाशित मिति :भाद्र ३०, २०७८ बुधवार - ११:५०:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology