Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

३१, भाद्र २०७८
सुनको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) छापावाल सुनको भाउ प्रतितोलामा ७०० रुपैयाँ घटेको छ ।

हिजो (बुधबार) यो गुणस्तरको सुनको भाउ ९१ हजार २०० रुपैयाँ थियो । आज भाउ घटेर ९० हजार ५०० रुपैयाँमा झरेको हो ।


यस्तै, तेजाबी सुनको भाउ पनि प्रतितोलामा ७०० रुपैयाँ नै घटेको छ । बुधबार ९० हजार ७०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको भाउ आज ९० हजार रुपैयाँमा झरेको हो ।


चाँदीको भाउ भने स्थिर छ । चाँदी चार दिनयता प्रतितोला १२०० रुपैयाँमा कारोबार भइरहेको छ ।

images
प्रकाशित मिति :भाद्र ३१, २०७८ बिहिवार - ११:२४:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology