Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शेयर बजार निरन्तर ओरालो, सबै उपसूचक राताम्य, कारोबार ९ अर्बमा सिमित

शेयर बजार निरन्तर ओरालो, सबै उपसूचक राताम्य, कारोबार ९ अर्बमा सिमित

दैनिकी न्यूज

३१, भाद्र २०७८
शेयर बजार निरन्तर ओरालो, सबै उपसूचक राताम्य, कारोबार ९ अर्बमा सिमित
images

काठमाडौं। शेयर बजारको ओरालो यात्रा यो साताभर कायम रह्यो । नेप्से परिसूचक आज ७६ दशमलव ६५ अंकले घटेर २८१२।३९ विन्दुमा कायम भएको छ ।साता कारोबारको अन्तिम दिन नेप्सेमा सूचिकृत २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०५ कित्ता शेयर किनबेच हुुँदा ९ अर्ब ३ करोड ३९ लाख ६२३ रुपैयाँको कारोबार भएको छ ।

भदौ मसान्त पारी बैंकहरुले व्याजदर सार्वजनिक गरेका थिए । बैंकको व्याजदर बढेसँगै लगानीकर्ता निरास बनेको देखिएको छ ।

बिहीबार सबै उपसमूह राताम्मे रह्यो । सबैभन्दा बढी वित्त, हाइड्रोपावर, विकास बैंक, होटेल तथा पर्यटन उपसमूहका लगानीकर्ताले गुमाए ।

आज पनि सधाँझै हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको ३८ करोड ६० लाख ४३ हजार ५०८ रुपैयाँको कारोबार भएको हो । त्यसैगरी, यस दिन रिडी हाइड्रोपावरको २८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

नेप्से घटेपनि यस दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ८१.८० रुपैयाँ बढेर ८९९.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस दिन शेयरमूल्य सर्वाधिक घट्ने कम्पनीको सूचीको शीर्ष स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ। सो बैंकको शेयरमूल्य यस दिन ८.१७ प्रतिशत घटेको छ। 

images
प्रकाशित मिति :भाद्र ३१, २०७८ बिहिवार - १५:५२:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology