Logo

आइतवार, श्रावण २४ गते २०८३

images

रोकिएका श्रमिक कोरिया लैजाने तयारी

रोकिएका श्रमिक कोरिया लैजाने तयारी

दैनिकी न्यूज

३, आश्विन २०७८
रोकिएका श्रमिक कोरिया लैजाने तयारी
images

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएको छ ।

कोरियन पक्षले नेपालबाट सीधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी रोकिएका १० हजारभन्दा बढी युवालाई लैजाने गरी तयारी भएको हो ।

कोरियाबाट फर्केका श्रमिकहरुको संस्था अंकुर नेपाल, वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपाल र मानव संशाधन विकास बोर्ड ९एचआरडी० कोरियाबीच यस विषयमा छलफल भएको थियो ।

ईपीएस अन्तर्गत रोकिएका नेपाली युवालाई रोजगारीका लागि कोरिया जाने वातावरण बनाउन नेपाल र कोरियाबीच निरन्तर भइरहेको छलफलपछि रोकिएका नेपाली जाने सम्भावना बढेको छ ।


यो समाचार आजको कारोबार दैनिकमा छ ।

images
प्रकाशित मिति :आश्विन ३, २०७८ आइतवार - ०७:३२:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology