Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

सोमबार दुई सयले घट्यो सुनको भाउ

सोमबार दुई सयले घट्यो सुनको भाउ

दैनिकी न्यूज

४, आश्विन २०७८
सोमबार दुई सयले घट्यो सुनको भाउ
images

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ दुई सय रुपैयाँले घटेको छ । छापावाल सुन आइतबार ८९ हजार एक सय रुपैयामा कारोवार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको भाउ प्रतितोला ८८ हजार नौ सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम गरिएको छ । तेजाबी सुन आइतबार रु ८८ हजार ६ सय ५० मा कारोवार भएको थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला १५रुपैयाँले घटेको छ ।

चाँदीको भाउ आज प्रतितोला १ हजार १३५ रुपैयाँ कायम गरिएको छ । चाँदीको भाउ आइतबार प्रतितोला १ हजार १५० रुपैयाँ थियो ।

images
प्रकाशित मिति :आश्विन ४, २०७८ सोमवार - १३:५७:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology