Logo

सोमवार, श्रावण २५ गते २०८३

images

उपत्यकाका स्थानीय तहको आइसोलेसन केन्द्र धमाधम बन्द गर्न थाले

उपत्यकाका स्थानीय तहको आइसोलेसन केन्द्र धमाधम बन्द गर्न थाले

दैनिकी न्यूज

६, आश्विन २०७८
उपत्यकाका स्थानीय तहको आइसोलेसन केन्द्र धमाधम बन्द गर्न थाले
images

काठमाडौं । उपत्यकाका केही स्थानीय तहहरुले कोरोना संक्रमितको संख्यामा कमी हुदैगएको र आइसोलेसन केन्द्रमा बस्ने कोरोना संक्रमितको संख्या घट्दै गएसँगै आइसोलेसन केन्द्र घटाउदै लगेका छन् । काठमाडौंं महानगपालिकाले कोरोना संक्रमणको दोस्रो लहरमा छुट्याएको ३५० बेडहरु सबै खाली गरिएको जनाएको छ ।

पछिल्लो समय कोरोना संक्रमित बिरामीहरु होम आइसोलेसनमै बस्न चाहेकाकारण आइसोलेसन केन्द्रहरु तत्कालका लागि खाली गरेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिए । हाललाई सेवा स्थगित गरिएका आइसोलेसन केन्द्रहरु आवश्यक परेमा तत्काल महानगरले आइसोलेसन केन्द्रको स्थापना गर्नसक्ने उनको भनाइ छ ।

यता, ललितपुर महानगरपालिकामा पनि आइसोलेसन केन्द्रमा बस्ने कोरोना संक्रमितको संख्यामा कमी हुदैगएको छ । महानगरमा ११० बेडको आइसोलेसनमा अहिले जम्मा २३ जनामात्र कोरोनाका संक्रमित विरामी रहेको मेयर चिरिबाबु महर्जनले बताए । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :आश्विन ६, २०७८ बुधवार - ०७:२०:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology