Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

सुनको भाउ तोलामा ९०० ले बढ्यो

सुनको भाउ तोलामा ९०० ले बढ्यो

दैनिकी न्यूज

६, आश्विन २०७८
सुनको भाउ तोलामा ९०० ले बढ्यो
images

काठमाडौं । सुनको भाउ आज (बुधबार) बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन ९० हजार १०० रुपैयाँ र तेजाबी सुन ८९ हजार ६५० रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ८९ हजार २०० रुपैयाँ र तेजाबी सुन ८८ हजार ७५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार १६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ बढेर चाँदी १ हजार १४० रुपैयाँमा कारोबार भएको थियो।

images
प्रकाशित मिति :आश्विन ६, २०७८ बुधवार - १३:५३:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology