Logo

आइतवार, श्रावण २४ गते २०८३

images

चितवनमा प्रचण्डकै निर्वाचन क्षेत्रबाट बादल उम्मेदवार ?

चितवनमा प्रचण्डकै निर्वाचन क्षेत्रबाट बादल उम्मेदवार ?

दैनिकी न्यूज

८, आश्विन २०७८
चितवनमा प्रचण्डकै निर्वाचन क्षेत्रबाट बादल उम्मेदवार ?
images

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै चुनाव लड्न तयार रहेको बताएका छन् । उनले आगामी निर्वाचनमा 'प्रचण्ड भर्सेस बादल' हुन पनि सक्ने प्रतिक्रिया दिए । शुक्रबार चितवनको भरतपुरस्थित विमानस्थलमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा चुनावमा निस्किएपछि पार्टीले निर्णय गर्नेछ । त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’ नेता थापाले पुष्पकमल दाहाल पार्टी लाइन छाडेर राष्ट्रियता विरोधी, लोकतन्त्र विरोधी र मुलुकको समृद्धिको विरोधी लाइनमा लागेको आरोपसमेत लगाए । उनले सभामुख अग्नीप्रसाद सापकोटा पार्टी कार्यकर्ताको भूमिकामा उभिएकाले आफ्नो पार्टीले विरोध गर्नु परेको पनि स्पष्ट पारे । उनले आफ्नो पार्टी एमसीसीलाई परिमार्जनसहित पारित गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहेको पनि बताए ।

images
प्रकाशित मिति :आश्विन ८, २०७८ शुक्रवार - २२:२४:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology