Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार सुनचाँदी दुवैको भाउ बढ्यो

सोमबार सुनचाँदी दुवैको भाउ बढ्यो

दैनिकी न्यूज

११, आश्विन २०७८
सोमबार सुनचाँदी दुवैको भाउ बढ्यो
images

काठमाडौं । साताको दोस्रो दिन (सोमबार) सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन ८९ हजार ३०० रुपैयाँ र तेजाबी सुन ८८ हजार ८५० रुपैयाँ पुगेको छ।

हिजो (आइतबार) सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन ८९ हजार रुपैयाँ र तेजाबी सुन ८८ हजार ५५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर ११ सय ६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ घटेर चाँदी ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

images
प्रकाशित मिति :आश्विन ११, २०७८ सोमवार - ११:२८:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology