Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

तरकारीको भाउ अचाक्ली

तरकारीको भाउ अचाक्ली

दैनिकी न्यूज

१३, आश्विन २०७८
तरकारीको भाउ अचाक्ली
images

काठमाडौं । दुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ ।

भदौको अन्तिम साता थोकमा प्रतिकेजी १५–२० रुपियाँ रहेको गोलभेँडा असोजको दोस्रो साता ३८ रुपियाँ पुुगेको छ भने आलु रातो ४५ रहेकोमा अहिले ६० रुपियाँ पुगेको समितिले जनाएको छ ।

समितिका अनुुसार तुनेबोडी प्रतिकेजी ६५ रुपियाँबाट १३० रुपियाँ, घिरौँला प्रतिकेजी ४५ बाट ८० रुपियाँ घिउसिमी ७५ रुपियाँबाट १३० रुपियाँ भिन्डी प्रतिकेजी ४० बाट ७० रुपियाँ पुगेको छ । त्यसै सुकेको प्याज प्रतिकेजी ४५ रुपियाँबाट थोकमै ५५ देखि ५८ रुपियाँ पुगेको समितिले जनाएको छ ।

समितिका अनुसार बजारमा दैनिक आठ सयदेखि एक हजार मेट्रिक टनसम्म तरकारी भित्रिएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले बजारमा तरकारीको आयात कम भएर नभई उत्पादनको लागत बजारमा माग बढेकाले महँगो भएको हुनसक्ने बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :आश्विन १३, २०७८ बुधवार - ०७:४६:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology