काठमाडौं । सुनको भाउ ओरालो लागेको छ । आज (बुधबार) सुन तोलामा १०० रुपैयाँले घटेको छ ।
यस दिन छापावाल सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ८८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ३०० रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा किनबेच भएको थियो ।
बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी अघिल्लो दिनकै कारोबार मूल्य अर्थात् प्रतितोला एक हजार १५५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।