Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपालमा कोरोनाका कुन कुन भेरियन्ट आए अनुसन्धान हुँदै

नेपालमा कोरोनाका कुन कुन भेरियन्ट आए अनुसन्धान हुँदै

दैनिकी न्यूज

१५, आश्विन २०७८
नेपालमा कोरोनाका कुन कुन भेरियन्ट आए अनुसन्धान हुँदै
images

काठमाडौं । कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ परीक्षण नेपालमै सुरु भएको छ । यसअघि कोरोना भाइरसको म्युटेसन पत्ता लगाउन नमुना विदेश पठाउने गरिन्थ्यो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा जिन सिक्वेन्सिङ परीक्षण सुरु भइसकेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा। रुना झाले नेपालमै जिन सिक्वेन्सिङ सुरु भएको जानकारी दिए । उनले यसअघि जिन सिक्वेन्सिङ पत्ता लगाउन नेपाल सरकार, विश्व स्वास्थ्य सङ्गठनको पहलमा विदेशमा पठाउनु परेको जानकारी दिए । डा। झाले अब नेपालमै कोरोना भाइरसका विभिन्न म्युटेसन पत्ता लगाउन सकिने जानकारी दिँदै प्रयोगशालाले जिन सिक्वेन्सिङ सुरु गरिसकेको बताए ।

उनले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय बायोटेक्नोलोजी विभागमा १६ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा २६ नयाँ नमुना जम्मा गरी ४२ वटा नमुनाको जिन सिक्वेन्सिङ गरिएको बताए ।

निर्देशक डा।झाले भदौ र असोजमा सङ्कलन भएका सबै नमुनामा डेल्टा भेरियन्ट देखिएको जानकारी पनि दिए । जिन सिक्वेन्सिङले कोरोना भाइरसको म्युटेसन पत्ता लगाउँछ । डा। झाका अनुसार जिन सिक्वेन्सिङ कोरोनालगायतका भाइरसको जेनेटिक बनावटलाई डिकोट गर्ने एक परीक्षण हो । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :आश्विन १५, २०७८ शुक्रवार - ०८:०१:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology