काठमाडौं । १० हजार ८७४ नमूना परीक्षणमा १ हजार ३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा १० हजार ८७४ नमूनाको पीसीआर र ४ हजार ९८१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ८१२ र एन्टिजेन विधिबाट २१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १७४ पुगेको हो। मन्त्रालयका अनुसार बुधबार थप १ हजार जना कोरोनामुक्त भएका छन्।
कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ६०६ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित ३५१ जनाको भेन्टिलेटरमा र ११८ जनाको आइसीयूमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा १२०५४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।