Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

सुनको भाउ घट्यो, चाँदीको भाउ स्थिर

सुनको भाउ घट्यो, चाँदीको भाउ स्थिर

दैनिकी न्यूज

२०, आश्विन २०७८
सुनको भाउ घट्यो, चाँदीको भाउ स्थिर
images

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ८९ हजार ९०० रुपैयाँ र तेजाबी सुन ८९ हजार ४५० रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९० हजार ३०० रुपैयाँ र तेजाबी सुन ८९ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो।

लगातार ३ दिनदेखि चाँदीको भाउ भने स्थिर रहेको थियो। आज पनि चाँदी तोलाको १ हजार १६० रुपैयाँमै कारोबार भइरहेको छ।

images
प्रकाशित मिति :आश्विन २०, २०७८ बुधवार - १२:०२:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology