Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एमालेको लोगोप्रति माओवादी केन्द्रको आपत्ति, कानुनी उपचार खोज्ने

एमालेको लोगोप्रति माओवादी केन्द्रको आपत्ति, कानुनी उपचार खोज्ने

दैनिकी न्यूज

२२, आश्विन २०७८
एमालेको लोगोप्रति माओवादी केन्द्रको आपत्ति, कानुनी उपचार खोज्ने
images

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को परिमार्जित लोगोप्रति नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आपत्ति जनाएको छ ।

आफ्नो पार्टीको चुनाव चिह्नसँग मिल्दोजुल्दो भएकाले त्यसविरुद्ध कानुनी उपचार खोज्नेसमेत माओवादी केन्द्रले जनाएको छ ।

एमालेले विधान महाधिवेशनमा सूर्य चिह्नभित्र सुनौलो रङको हँसिया हथौडा राखेर लोगो सार्वजनिक गरेको थियो ।

माओवादी केन्द्रका नेता देव गुरुङले त्यो चिह्न आफूहरूसँग मेल खाने भएकाले कानुनी उपचार खोज्न निर्वाचन आयोगमा जाने बताए ।

माओवादीको चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडा रहेको छ । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :आश्विन २२, २०७८ शुक्रवार - ०९:०२:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology