Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

शुक्रबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

दैनिकी न्यूज

२२, आश्विन २०७८
शुक्रबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर
images

काठमाडौं । साताको अन्तिम कारोबार दिन (शुक्रबार) सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन ९० हजार १५० रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९० हजार ४०० रुपैयाँ र तेजाबी सुन ८९ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार १७० रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार १७० रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :आश्विन २२, २०७८ शुक्रवार - १३:३७:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology