Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

शुक्रबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

शुक्रबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

दैनिकी न्यूज

२२, आश्विन २०७८
शुक्रबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर
images

काठमाडौं । साताको अन्तिम कारोबार दिन (शुक्रबार) सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन ९० हजार १५० रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९० हजार ४०० रुपैयाँ र तेजाबी सुन ८९ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार १७० रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार १७० रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :आश्विन २२, २०७८ शुक्रवार - १३:३७:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology