Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आइतबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२४, आश्विन २०७८
आइतबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आइतबार सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन ९० हजार ७०० रुपैयाँ र तेजाबी सुन ९० हजार २५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन ९० हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर ११ सय ७५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार भाउ स्थिर रहँदै चाँदी ११ सय ७० रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :आश्विन २४, २०७८ आइतवार - ११:०५:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology