Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमवार सुनको भाउ घट्यो, चाँदीको बढ्यो

सोमवार सुनको भाउ घट्यो, चाँदीको बढ्यो

दैनिकी न्यूज

२५, आश्विन २०७८
सोमवार सुनको भाउ घट्यो, चाँदीको बढ्यो
images

काठमाडौं । नेपाली बजारमा सोमवार सुनको भाउ घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार १०० ले बढेको सुनको भाउ सोमवार सोही अंकले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ । आइतवार छापावाला सुनको भाउ प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला १०० रुपैयाँले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला ९० हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमवार चाँदीको भाउ भने बढेको छ । आइतवार प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार ५ रुपैयाँले बढेर ११ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

images
प्रकाशित मिति :आश्विन २५, २०७८ सोमवार - १२:१३:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology