Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

दसैंमा मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या

दसैंमा मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या

दैनिकी न्यूज

२८, आश्विन २०७८
दसैंमा मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या
images

सल्यान । मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन्। सल्यान जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफ्नै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ।

दसैँको मासुको विषयमा घरमा बाबुछोराको सामान्य विवाद भएकोमा बाबुले धारिलो हतियार प्रहार गरी घटनास्थलमै रुपलालको टाउको छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

मङ्गलबार राति करिब १० बजेतिर घटना घटेको प्रहरीको भनाइ छ। प्रहरीले घटनामा सङ्लग्न भएको आरोपमा निमबहादुरलाई पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ।रासस

images
प्रकाशित मिति :आश्विन २८, २०७८ बिहिवार - ०७:२०:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology