Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपाल- भारत फुटबल फाइनल : साफले लगायो अलमुताइरीमाथी प्रतिबन्ध

नेपाल- भारत फुटबल फाइनल : साफले लगायो अलमुताइरीमाथी प्रतिबन्ध

दैनिकी न्यूज

३०, आश्विन २०७८
नेपाल- भारत फुटबल फाइनल : साफले लगायो अलमुताइरीमाथी प्रतिबन्ध
images

माले, माल्दिभ्स । नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक  अब्दुल्लाह अलमुताइरीलाई प्रतिबन्ध लगाएको छ । आज शनिबार बेलुकी पौने नौ बजे भारतसँग हुने साफ च्याम्पियनसिप फुटबलको फाइनल खेल अघि उनिमाथि साफले प्रतिबन्ध लगाएको हो । साफको नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख भए पनि लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका अलमुताइरीलाई आज भारतविरुद्ध हुने फाइनल खेलमा साफले प्रतिबन्ध लगाएको जनाएको छ ।  

नेपालका अन्जन विष्टले भने लगातार दुई खेलमा पहेंलो कार्ड पाएकाले उनले भारतविरुद्धको फाइनल खेल गुमाउने यसअघि नै पक्का थियो । भारतका प्रशिक्षक स्टिमाचले पनि बंगलादेशविरुद्धको खेलमा रातो कार्ड नै पाएकाले उनले पनि नेपालविरुद्ध हुने फाइनल खेल गुमाउने पक्का थियो । तर नेपालका प्रशिक्षक अल्मुतारीलाई समेत फाइनल खेलमा प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई दिएको छ । यसमा प्रशिक्षक अलमुताइरीले असन्तुष्टि जनाउँदै यो नियमविपरीत र अन्यायपूर्ण भएको प्रतिक्रिया दिएका छन् । उनले शनिबार बिहान भर्चुअल पत्रकार सम्मेलन गर्दै यो निर्णय भारतले खेल जितोस् भन्ने चाहनाबाट प्रेरित भएको बताएका छन् । उनले भनेका छन्, ‘मलाई लाग्छ उनीहरु (साफ पदाधिकारीहरु) नेपालको नतिजाबाट खुसी नहुन सक्छन् । उनीहरुलाई नेपालले नजितोस् भन्ने लाग्छ । मैले तयो महसुस गरिरहेको छु ।’ अलमुताइरीले नेपाललाई साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा पुर्याएका थिए । बंगलादेशलाई बराबरीमा रोक्दै फाइनलमा पुगेर नेपालले इतिहास रचेको थियो । ‘बंगलादेशविरुद्धको खेलपछि रेफ्रीमाथि आक्रमण भएको थियो, उनीहरुलाई के सजायँ भयो ?’ अलमुताइरीले प्रश्न गरेका छन्, ‘भारतीय प्रशिक्षक रिसायो भनेर नेपालको प्रशिक्षकलाई सजायँ दिने ? आफैंले बनाएको नियम नमान्ने हो भने नियम किन बनाउने ?’

images
प्रकाशित मिति :आश्विन ३०, २०७८ शनिवार - १३:३३:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology