Logo

सोमवार, श्रावण २५ गते २०८३

images

साफ च्याम्पियनसिपमा नेपाल उपाधीबिहिन, भारतसँग पराजित

साफ च्याम्पियनसिपमा नेपाल उपाधीबिहिन, भारतसँग पराजित

दैनिकी न्यूज

३०, आश्विन २०७८
साफ च्याम्पियनसिपमा नेपाल उपाधीबिहिन, भारतसँग पराजित
images

माले, माल्दिभ्स । नेपाल साफ च्याम्पियनसिप उपाधि रक्षा गर्न असफल भएको छ । शनिबार माल्दिभ्सको मालेस्थित नेशनल स्टेडियममा भएको फाइनल खेलमा भारतसँग ३-० गोलले पराजित भएपछि पहिलोपटक उपाधी उचाल्ने नेपालको सपना तुहियो । भारी वर्षा, पहिलो पल्ट फाइनल खेल्नुको तनाव, अनि ‘डगआउट’ मा मुख्य प्रशिक्षकको अनुपस्थिति लगायत दबाबबीच मैदान उत्रिएको नेपालले पहिलो हाफ  गोलरहित बराबरी खेलेको थियो । तर दोस्रो हाफको ४९ र ५० औं मिनेटको अन्तरमा भारतले दुई गोल गर्‍यो । यससँगै प्रतियोगिताको इतिहासमै पहिलो पल्ट फाइनल पुगेको नेपाल उप विजेतामै सीमित भयो । भारतले साफ च्याम्पियनसिपको उपाधि जितेको यो आठौं पल्ट हो । राउन्ड रोबिनको आधारमा चलेको प्रतियोगिताको लिग चरणका सुरुआती दुई बराबरी खेलेर कमजोर सुरुआत लिएको भारतले त्यसपछि भने लगातार खेल जितेको थियो । वर्षाबीच चलेको खेलको पहिलो गोल सुनिल क्षेत्रीले ४९ औं मिनेटमा गरे । नजिकको दूरीमा प्राप्त क्रसलाई उनले सजिलै हेडबाट पहिलो गोल गरे । 

पहिलो गोल खाएर सम्हालिन पनि नपाएको नेपालविरुद्ध सुरेश सिंहले ५० औं मिनेटमा दोस्रो गोल थपे र उनले यसका लागि पेनाल्टी एरियाबाट शक्तिशाली प्रहार गरेका थिए । यस्तै खेलको ९० औं मिनेटमा सब्टिच्युट साह अल्दुलले तेस्रो गोल गरे ।

images
प्रकाशित मिति :आश्विन ३०, २०७८ शनिवार - २३:०४:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology