Logo

आइतवार, श्रावण २४ गते २०८३

images

‘ब्याजदर‘मा राष्ट्र बैंकको हस्तक्षेप

‘ब्याजदर‘मा राष्ट्र बैंकको हस्तक्षेप

दैनिकी न्यूज

३, कार्तिक २०७८
‘ब्याजदर‘मा राष्ट्र बैंकको हस्तक्षेप
images

काठमाडौं । चौतर्फी आलोचनापछि नेपाल राष्ट्रबैंकले बैंकहरुको ब्याजदर युद्धमा हस्तक्षेप गर्दै तीन बुँदे निर्देशन जारी गरेको छ ।

बैंकहरुले ११.६६ प्रतिशतसम्म ब्याजदर पुर्‍याएपछि राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई ३ बुँदे निर्देशन जारी गर्दै ब्याजदर वृद्धिमा हस्तक्षेप गरेको हो ।

बैंकहरुले ब्याजदर परिवर्तन गर्दा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा बढी बढाउन वा घटाउन नपाउने व्यवस्था गरिएको छ । यस्तै व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर संस्थागतभन्दा १ प्रतिशत बिन्दुले बढी हुनुपर्ने छ ।

कात्तिका महिनाका लागि प्रकाशित ब्याजदर परिवर्तन गरी यही कात्तिक ३ गतेभित्र संशोधन गरी ५ गतेभित्र दैनिक पत्रिकामा प्रकाशित गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंकहरुले निक्षेपको ब्याजदर ११ प्रतिशतसम्म पुर्‍याएपछि राष्ट्र बैंकलाई हस्तक्षेप गर्न दबाव बढेको थियो । सीडी रेसियोको व्यवस्था हटाउन माग गरे पनि राष्ट्र बैंकले त्यसलाई सम्बोधन नगरी ब्याजदर घटाउने नीतिगत व्यवस्था गरेको छ ।

images
प्रकाशित मिति :कार्तिक ३, २०७८ बुधवार - ०८:०७:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology