काठमाडौं । नेपाली बजारमा बुधवार सुनको भाउ प्रतितोला १०० रुपैयाँ बढेको छ ।
यो दिन सुनको भाउ बढेर ९१ हजार ४०० रुपैयाँ कायम भएको हो । छापावाल सुनको भाउ सोमवार भने प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तेजाबी सुनको भाउ प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार हुनेछ, जुन सोमवार भने प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधवार चाँदीको भाउ भने सोमवारको तुलनामा प्रतितोला १० रुपैयाँ बढेर १२ सय ३५ रुपैयाँ पुगेको छ । चाँदी सोमवार प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।