Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बल्ल कुल जनसंख्याको २८.२ प्रतिशतमा पहिलो मात्रा खोप

बल्ल कुल जनसंख्याको २८.२ प्रतिशतमा पहिलो मात्रा खोप

दैनिकी न्यूज

४, कार्तिक २०७८
बल्ल कुल जनसंख्याको २८.२ प्रतिशतमा पहिलो मात्रा खोप
images

काठमाडौं । नेपालमा हालसम्म कुल जनसंख्याको २८.२ प्रतिशत जनसंख्याले कोभिड–१९ विरुद्धको पहिलो मात्रा खोप लिइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना रहेकोमा हालसम्म ८५ लाख ६२ हजार ३ सय ६५ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ६४ लाख ८५ हजार ९ सय २३ जनाले पूर्ण मात्रा खोप लिइसकेका छन्।

१८ वर्षमाथिका ४३ प्रतिशतले पहिलो मात्रा र ३२।६ प्रतिशतले पूर्ण मात्रा खोप लिइसकेका छन्। १ करोड ९९ लाख २२ हजार १ सय ६४ जना १८ वर्ष माथिका खोप लिने लक्षित जनसंख्या छ।

त्यसैगरी १५ वर्षमाथिका ३९।४ प्रतिशतले पहिलो मात्रा र २९।८ प्रतिशतले पूर्ण मात्रा खोप लिएको तथ्यांक छ। सरकारले असोजभित्रै कुल जसनंख्याको ३३ प्रतिशत जनसंख्यालाई खोप दिने घोषणा गरे पनि प्राविधिक कारणले ३३ प्रतिशत पुग्न नसकेको परिवार कल्याण महाशाखाका प्रमुख डा।विवेककुमार लालले बताए। आजको नागरिक दैनिकबाट

images
प्रकाशित मिति :कार्तिक ४, २०७८ बिहिवार - ०६:५५:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology